सर्बाेच्चकाे आदेशमा रिहा भएका नेकपा कास्कीका इन्चार्ज वाग्ले पुनः अदालतबाटै गिरफ्तार


काठमाडाैं, २४ भदाै ।

नेपाल कम्युनिस्ट पार्टीका कास्की इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई पहरीले पुनः गिरफ्तार गरेकेा छ ।  सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएका वाग्लेलाइ अदालतकाे गेटबाटै प्रहरीले पुन गिरफ्तार गरेकेा हाे ।

मंगलवार बन्दी प्रत्यक्षीकरणकाे रिट निवेदनमाथिकाे बहसपछि न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनलाइ रिहा गर्न अादेश दिएकाे थियाे ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, विष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ ,अधवक्ता कपिलचन्द्र पाेखेल लगायतले बहस गरेका थिए । भदौ ६ गते पक्राउ परेका इन्चार्ज वाग्लेलाइ रिहा गर्न माग गर्दै रामप्रसाद वाग्लेले रिट दायर गरेका थिए ।  वाग्लेलाइ गिरफ्तार गरि कास्की लाने तयारी गरेकेा बुझिएकाे छ।

 

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया