चिनियाँ विदेशमन्त्री वाङ राजनीतिक भेटघाटमा ब्यस्त


काठमाडौं, २४ भदाै । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुअघि राजनीतिक भेटघाटमा छन्। उनले मंगलबार बिहानैदेखि राजनीतिक भेटघाट थालेका छन्।

बिहानै भक्तपुर घुमेर फर्केका उनले अहिले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। यसलगत्तै प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। नक्सालस्थित मेरिअट होटलमा उनले राजनीतिक नेतृत्वलाई भेटिरहेका हुन्।

राजनीतिक भेटघाट सकेर नारायणहिटी दरबार संग्राहलय पुग्ने र त्यसपछि स्वदेश फर्कने उनको तालिका रहेको छ। त्यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी प्रदीप ज्ञवालीसहितलाई भेटेका थिए ।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया