सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने, उत्कृष्ट दश ट्राभल एजेन्सी पुरस्कृत


काठमाडौं । सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । सलाम एयरको नेपाल जीएसएआइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा कार्यक्रमको आयोजना गरी सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने जनाएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथानागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले सलाम एयरकोउक्त निर्णयले ‘ पर्यटन वर्ष २०२० ’ लाई सफलबनाउन सहयोग पु¥याउने बताउनुभयो । नेपालमाआउने पर्यटकहरूको संख्यामावर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसायप्रवद्र्घनमाथप योगदानपुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधनगर्दै आइएमई ग्रुपकाअध्यक्षएवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षचन्द्रप्रसाद ढकालले सलाम एयरको सेवाविस्तारपछि वैदेशिक रोजगारीकाक्रममामध्यपूर्व लगायतविश्वमा रहेका नेपालीदाजुभाई दिदीबहिनीहरूलाई थप सेवाउपलब्धहुने विश्वास व्यक्तगर्दै विदेशीपर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । आइएमई ग्रुपकाप्रवन्धनिर्देशक हेमराज ढकालले सलाम एयरको सेवाविस्तारसँगै आगामीवर्ष एक लाख (१ लाख ) पर्यटकलाई सेवादिने कम्पनीले लक्ष्यलिएको बताउनुभयो । सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपालआफैंमामहत्त्वपूर्ण पर्यटकीय गन्तब्यमुलुकभएको कुरालाई ध्यानदिएर आइएमई ग्रुपसँगको सहकार्यमाहवाई सेवाविस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीयव्यवसायीक साझेदार नेपालमापाइएकाले आफ्नो व्यवसायप्रवद्र्घन गर्न सहजहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राजजोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्गलगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामनाब्यक्तगर्नुभएको थियो ।
कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंकगरि कुलदश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानितगरिएको थियो । नेपालको पर्यटन प्रवद्र्घनमासवैलाई प्रोत्सानमिलोस् भन्ने मुख्य उद्देश्यका साथसलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दशट्राभल एजेन्सीहरुलाई सम्मानितगरिएको आइएमई ट्राभलका प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिनुभयो ।
ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्चबनाउँदै व्यवसायिकक्षमतामा वृद्धि गरेको छ ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया