मुख्यमन्त्री शंकर पोखरेल सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगे


४ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शनिबार बिहान सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगेका छन् ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर शनिवारबाट सन्चालनमा ल्याइएकाे रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुगेका हुन् ।

सिद्धबाबाबाट रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको शुभारम्भ गरेकेा हाे ।एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बस बुटवल लुम्बिनी चल्नेछन् । ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज बिश्वास समेत ब्यक्त गरे । ती बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ ।

गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter