प्रधानमन्त्री ओलीले आँपकाे बिरूवा राेपेर गरे बृक्षारोपणकाे सुरूवात, लुम्बिनी भ्रमण वर्ष उदघाटन हुँदै


४ जेठ, बुटवल । लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ । लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार बिरूवा राेप्न लागिएकाे हाे ।

साे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् ।बुद्ध जयन्तीको अवसरमा आयाेजित कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगेका प्रधानमन्त्री ओली  वृक्षारोपणपछि र्‍यालीमा सहभागी भएका छन् ।

बिहान ११ बजेपछि लुम्बिनी भ्रमण वर्ष उदघाटन समरोह तथा २५ सय ६३औं बुद्ध जयन्ती मूल समारोह शुरु हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त कार्यक्रमको अध्यक्षता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछिन् ।

भ्रमण वर्ष एवं बुद्ध जयन्तीका अवसरमा बुद्ध पूर्णिमाकै दिन सांझ मायादेवी मन्दिर परिसरमा २५ सय ६३ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । जेठ ५ गते लुम्बिनीदेखि तिलौराकोट दरबारसम्म मायादेवी प्रसूति उत्सव गरेर भ्रमण वर्ष उदघाटन कार्यक्रम सकिने छ ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter