उपराष्ट्रपति पुनले दिए बुद्धजयन्ती, उभौली तथा चण्डीपूर्णिमाकाे शुभकामना


४ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती र उभौली पर्वकाे अवसरमा सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीका साथै उभौली पर्व मनाउने किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीका साथै उभौली पर्व मनाउने किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको उनको भनाइ छ ।

‘सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र उहाँको उपदेशलाई आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

आजकै दिन किरात समुदाय -राई, लिम्बू, सुनुवार र याक्खा) को ठूलो पर्व उभौली तथा चण्डीपूर्णिमा समेत परेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले उभौली पर्व तथा चण्डी पूर्णिमाको पुनित् अवसरमा देशविदेशमा रहेका सम्पूर्ण किरात समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter