प्रधानमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण


३, जेठ, चितवन । लुम्बिनी जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।
मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए । मौसम सुधार भएपछि प्रधानमन्त्री ओली लुम्बिनी गएका छन् ।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया