सम्झनामा मदन–आश्रित, कांग्रेस प्रवक्ता शर्मा भन्छन्- त्यो `रेशमी पर्दा´ कहाँ छ कमरेड ?


काठमाडौं, ३ जेठ । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । बिभिन्न कार्यक्रम गरेर उहाँको सम्झना गरिदैछ । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भएको छ ।
तर अहिलेसम्म दुर्घटनाको रहस्य पत्ता लाग्न सकेको छैन । भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुंगामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गर्ने र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गर्नुबाहेक घटनाबारे सत्यतथ्य अझै सार्वजनिक भएको छैन ।
यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । नेकपाकै नेताहरु मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उनका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक अरु काम नभएको बताउछन् ।
दुर्घटनापछि शव चितवनकै गाँजीपुरमा जेठ ५ गते भेटिएको थियो । शवलाई त्यसै दिन भरतपुरको प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा राखिएको थियो ।
घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुंगा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुंगा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मदन–आश्रित स्मृति दिवसकाे दिन ट्वीट गर्दै फुल चढाउ अनि प्रश्न गर ! भनेर लेखेका छन्ईर ।

उनले लेखेका छन्,  ‘इमानदार कार्यकर्ताले आज मदन-आश्रीतको तस्वीरमा फुल चढाएर कर्तव्य पूरा भएको ठान्नेछैनन् l प्रश्न तेर्स्याउने छन् आफ्नै सरकारलाई कि `रेशमी पर्दा पछाडी लुकेका´ दोषी कहाँ छन् ? अनि आफैलाई शोध्ने छन् प्रश्न – कहाँ थन्क्याइएको छ मदनको नासो बहुदलीय जनवाद ?’

दुर्घटनाकाे २६ वर्ष पूरा हुँदा र तत्कालिन एमाले नै पटक पटक सरकारमा गएकाे भएपनि घटनाका मुख्य दाेशि पत्ता लगाउन नसकेकेा भन्दै उनले लेखेका छन्, “मदन भण्डारीकि जीवन संगिनी यतिबेला रास्ट्रपति हुनुन्छ र एक सहयोद्दा प्रधानमन्त्री l दासढुंगालाई मुद्दा बनाएर हिजो जे बोलियो,जे गरियो आज सत्तामा भएका बेला आवेगमुक्त भएर त्यसको निरुपण जरुरी छ !”

हेर्नुहाेस् कांग्रेस नेता शर्माका ट्वीट । 

 

 

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter