घरेलु रक्सीमा महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग !


दाङ, ३ जेठ । दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो ।
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए ।

रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ ।

‘यो अभियान थाल्ने बेलामा हामीले कल्पना नगरेका वस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो, प्रहरी चौकी गोग्लीका इञ्चार्ज विष्णुबहादुर बुढाथोकीले भने, ‘भन्न पनि लाज लाग्छ । प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेटियो ।’

स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएपछि रक्सीलाई नष्ट गरिएको बताइएको छ । अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झैझगडा, स्वास्थ्यमा असर र आर्थिक नोक्सानी हुने भन्दै नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका–४ का अध्यक्ष भीमबहादुर सार्कीले बताए ।

टोलीले अहिलेसम्म ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको बताएको छ । वडाका वसन्तपुर, बाह्रहाङे, उपल्लो भकारे, तल्लो भकारे, ढुंगेडाँडा, फल्ले डाँडा, माझगाउँ, सुनपुर, राजधानी टोल, पारखेत, शान्तिनगरलगायत टोलका गाउँमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको पाइएकोको नष्ट गरिएको अध्यक्ष सार्कीले बताए ।अन्न्पूर्ण पाेष्टबाट

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter