लक्ष्यभन्दा ८६ अर्ब कम राजस्व संकलन गरेपछि सरकारद्वारा केन्द्रीय अनुगमन टोली गठन


काठमाडौं, २ जेठ । सरकारले भन्सार जाँचपाँस प्रक्रियामा कडाई गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको छ । सरकारले निर्धारित गरेकाे लक्ष्यभन्दा ८६ अर्ब कम राजस्व संकलन गरेपछि सहसचिव स्तरको ८ सदस्यीय अनुगमन टोली गठन गरेको हो ।

चैत मसान्तसम्ममा ६ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । यसले वार्षिक लक्ष्य ९ खर्ब ४५ अर्ब (संशोधित ९ खर्ब १७ अर्ब) दुवै पुरा हुनै मुस्किल देखिएको छ ।

चाुल आर्थिक वर्षका लागि निर्धारित राजस्वको लक्ष्य हासिल गराउन टोली गठन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, ‘राजस्वको लक्ष्य हासिल हुने गरी ठोस र कार्ययोजनासहित राजस्व संकलन कार्यमा संलग्न कार्यालयहरुलाई परिचालन गरिनेछ’ । मन्त्रिपरिषद्को बैसाख २७ काे निर्णय अनुसार टोली गठन भएको मन्त्रालयले जानकारी दिएको छ ।

८ सदस्यीय केन्द्रीय अनुगमन टोलीमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र भन्सार विभागका उपसचिव तथा निर्देशकहरु सम्मिलित  छन् ।

अनुगमन टोलीले अर्थ मन्त्रालय मातहतका विभाग र कार्यालयहरुको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्नेछ । अनुगमनका क्रममा कुनै समस्या देखापरेमा तत्काल समाधानका लागि पहल गर्ने र लक्ष्य अनुसारको प्रगति बढाउन पहल गर्न निर्देशन समेत दिनसक्ने अधिकार टोलीलाई दिएको छ ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter