त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु


नुवाकोट, २ जेठ । त्रिशूली थ्री ए जलविद्युत आयोजनाकाे सबै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन सुरु भएको छ। नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि आयोजनाको विद्युत गृहबाट बिहीबार ३० मेगावाट विद्युत उत्पादन सुरु गरेको हो। विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ। आयोजनाको भुमिगत विद्युत गृहबाट सफलतापूर्वक विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख फणीन्द्र जोशीले जानकारी दिए।

यसअघि चरण चरणमा गरिएका सम्पूर्ण उपकरण परीक्षणपछि विद्युत् उत्पादन सुरु गरिएको प्रमुख जोशीले बताए। नाुवाकोट र रसुवाको मात्र नभई देशकै विद्युत विकासको मेरुदण्डको रुपमा रहेकामै माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ। आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएकाे छ । आगामी असारदेखि सम्पुर्ण युनिट पुरै उत्पादन गरिसकिने जनाइएको छ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया