ने.क.पा.राेल्पा इन्चार्ज राेकासहित ३ जना गिरफ्तार


राेल्पा,२ जेठ । 
नेपाल कम्युनिस्ट पार्टीका राेल्पा इन्चार्ज जयप्रकाश राेका ‘प्रताप’ ३ जनालाई आज राेल्पा लुङ्ग्री गाउँपालिका वडा ५ पाङ ऐपेबाट प्रहरीले गिरफ्तार गरेको छ ।
दिउँसो साढे १ बजेतिर ने.क.पा. राेल्पा जिल्ला इन्चार्ज थबाङ्ग घर भएका जयप्रकाश राेका ‘प्रताप’, ने.क.पा. राेल्पा जिल्ला सदस्य धाबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई एकै ठाउँबाट प्रहरीले गिरफ्तार गरेको ने.क.पा. राप्ती ब्युरोले जनाएको छ । विनाकारण प्रहरीद्वारा गिरफ्तार गरिएका नेताकार्यकर्तालाई तत्काल रिहाइ गर्न राप्ती ब्युरोले माग समेत गरेको छ ।
साथै गिरफ्तार गरिएका नेताकार्यकर्तालाई रिहाइ नगरिए त्यसको परिणाम राम्रो नहुने र सशक्त प्रतिरोध गर्ने ने.क.पा. राप्ती ब्युरो इन्चार्ज सुवासले चेतावनी दिनुभएको छ ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter