सिरहामा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु


लहान, जेठ २ । सिराहामा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। लहान नगरपालिका–१२ पडरिया चोक नजिकै गएराति बसको ठक्करबाट अन्दाजी २२ वर्षीय युवककाे मृत्यु भएकाे हाे । मृतकको सनाखत हुन नसकेकेा प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ती युवकको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ । झापाबाट काठमाडौँ जाँदै गरेको ना६ख ७८६४ नम्बरको बसले गएराति साढे १ बजे उनलाई ठक्कर दिएको थियो । बससहित चालकलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter