आफ्नै पत्नीमाथि एसिड प्रहार


काठमाडौं, २ जेठ । काठमाडाैंकाे कालोपुलमा एक युवाले पत्निमाथि एसिड प्रहार गरेका छन् ।   घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले पत्नि जेनी खड्कामाथि एसिड प्रहार गरेपछि जेनी गम्भीर घाइते भएकी छन्। उनकाे एसिडले गाला, छाती र हात जलेको छ।

घटनालगत्तै चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरिसकेकेा छ । सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको प्रहरीले बताएकाेछ ।

यसअघि २०७१ फागुनमा राजधानीको झोंछेमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि पनि एसिड प्रहार भएको थियो।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter