प्याकेजमा बीमा बेचेर बिमितलाई मारमा पार्नु हुँदैनः अर्थमन्त्री खतिवडा


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई आन्तरिक जोखिमतर्फ सचेत रहन सुझाव दिएका छन् ।
बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले आन्तरिक जोखिममा पनि कम्पनी सचेत हुन आवश्यक रहेकोमा जोड दिए । उनले संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्न सुझाव दिदै भने–‘अब कृतिम दुबो भन्दा वास्तविक दुबो चिनेर काम गर्नु आवश्यक छ ।’
अर्थमन्त्री खतिवडाले अहिले साना तथा मझौला बीमा र लघु बीमालाई वेवास्था गरिरहेको तर्फ सचेत गराउदै आउदाँ दिनमा त्यसलाई पनि समावेश गर्न जोड दिए ।
तर प्याकेजमा बीमा बेचेर बिमितलाई मारमा पार्नु नहुने भन्दै सबै बिमा कम्पनिहरु सरकारको निगरानीमा नै रहेको बताए ।
वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले प्रगति विवरण प्रस्तुत गेका थिए ।

कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पदमप्रसाद सोडारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायत बीमा क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बीमा समाचार विचार विशेषाङ्क बिमोचन गर्नुका साथै प्रमुख अतिथि अर्थमन्त्री खतिवडाद्वारा लामो समय काम गरेका कर्मचारीहरुलाई ताम्रपत्र र दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया