साइबर हमलाकाे आसङ्कामा अमेरिकाद्वारा राष्ट्रिय आपतकाल घोषणा


एजेन्सि, २ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको आसङ्कामा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।विदेशी साइबर हमलाको स्थितिमा अमेरिकी कम्युटरको नेटवर्कलाई बचाउन उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ ।

विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आदेशमा कुनै कम्पनी विशेषको नाम भने लिएका छैनन् । यद्यपी,  विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको यो कदम चीनको टेलिकम कम्पनी हुवावेप्रति लक्षित रहेको बताएका छन् ।

अन्य केही देशहरुले पनि चीनले निगरानीका लागि हुवावेका उपकरणहरुको  प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उता हुवावेले भने आफुमाथि लागेको आरोपको खण्डन गरेको छ । उसले आफ्ना उपकरणहरुले कसैको नोक्सानी नगरेको र जासुसीको जोखिम नरहेको दाबी गरेको छ ।

ह्वाइट हाउसको बयानअनुसार राष्ट्रपति ट्रम्पको आदेशको आशय अमेरिकालाई विदेशी दुस्मनबाट बचाउन हो ।जो सक्रिय रुपमा सूचना, संचार प्रविधि र सेवाहरुको उपयोगबाट अति संवेदनशील बनेका छन् ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter