यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद पक्राउ


ललितपुर, २३ भदाै ।  सार्वजनिक सवारीमा यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

ललितपुरका पूर्व सांसद घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परीसर जाउलाखेलका प्रमुख टेक राईका अनुसार उनलाई सोमबार दिउँसो २ बजेतिर पक्राउ गरिएको हो ।

रत्नपार्कबाट भैसेपाटी जाने बसमा चढेका घिसिङले कलेज पढ्ने एक युवतीलाई दुव्र्यवहार गरेको आरोप छ । ‘घिसिङले दुव्र्यवहार गरेपछि युवतीले प्रतिकार गर्न खोजेको थाहा भयो । बसका अन्य यात्रुले साथ दिएछन् । उनीहरुले बसबाटै प्रहरीलाई खबर गरेकाे राईले बताए । घिसिङलाई अभद्र व्यवहार गरेकोमा मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया