सुनको भाउ बढ्ने र घट्ने क्रम जारी , आजको मूल्य कति ?


काठमाडौं, २३ भदौ ।
सोमवार नेपाली बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

एक महिनादेखि सुनको भाउ बढ्ने र घट्ने क्रममा छ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया