सुपुर्दगी विधेयक फिर्ता लिने निर्णयमा बेइजिङको समर्थन: क्यारी लाम


काठमाडौं, भदौ १९ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने आफ्नो निर्णयमा चीन सरकारको सम्मान र समर्थन रहेको बताउनु भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा लामले सुपुर्दगी विधेयक अगाडि बढाउनेदेखि फिर्ता गर्ने सबै प्रक्रियामा आफ्नो दृष्टिकोणप्रति बेइजिङले समर्थन जनाएको बताउनु भएको हो ।

लामको यो भनाइ चीनको स्वायत्त क्षेत्र हङकङमाथि चीनको बढ्दो नियन्त्रणको प्रमाण रहेको विश्लेषण गरिएको छ । लामले प्रत्यक्ष वार्ताका लागि सरोकारवालालाई आह्वान समेत गर्नुभएको छ ।

गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो । तर, १४ हप्ता लामो विरोध प्रदर्शनपछि लामले बुधबार विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया