काबुलमा कारबम विस्फोट, १० जना मारिए


काठमाडौं, भदौ १९ ।
अफगानिस्तानको राजधानी काबुलमा आज तालिबान विद्रोहीले गराएको एउटा कारबम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कारबम विस्फोट गराइएको हो । अमेरिकी राजदूतावासनजिकै रहेको विदेशी कूटनीतिक नियोगमा भएको विस्फोटमा परी ४० जना घाइते भएका छन् ।

गएको सोमबार पनि काबुलमा तालिबानको बम आक्रमणमा परी १६ जनाको मृत्यु भएको थियो । यसैबीच, अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया