एएफसी फुटसल च्याम्पियनसिप: २५ सदस्सीय प्रारम्भिक टोलीको घोषणा


काठमाडौं, भदौ १९ ।
इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले आज २५ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

एन्फाको फुटसल कमिटीले बन्द प्रशिक्षणमा रहेका ३७ खेलाडीबाट दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको हो । प्रारम्भिक चरणमा राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका आशिष लामा र विजय गुरुङ समेत परेका छन् । छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजकिस्ता, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया