श्रीलंका विरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला न्यूजिल्याण्डले जित्यो


काठमाडौं भदौ १८ ।
श्रीलंका विरुद्धको तीन खेलको २०–ट्वेन्टी क्रिकेट श्रृंखला न्यूजिल्याण्डले जितेको छ । घरेलु टोली श्रीलंकालाई सुरुवाती दुई खेलमा पराजित गर्दै पाहुना टोली न्युजिल्याण्डले एक खेल अगाबै श्रृंखला जितेको हो ।

गएराति भएको दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले ३ खेलको श्रृंखलामा २–० को अग्रता लियो । श्रीलंकाले दिएको १ सय ६२ रनको लक्ष्य न्युजिल्याण्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा र्गयो ।

न्यूजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोमले ५९ रन तथा टम ब्रुसले ५३ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

जितसँगै न्यूजिल्याण्डले तिन खेलको टि ट्वेन्टी श्रृंखला हात पारेको छ । पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल यही शुक्रवार क्यान्डीमा हुनेछ ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया