सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश


काठमाडौ, भदौ १८ ।
सेरेना विलियम्स अमेरिकामा जारी यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । आज बिहान भएको क्वार्टरफाइनलमा चीनीया खेलाडी वाङ क्विङलाई मात्र ४४ मिनेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् ।

३७ वर्षीया विलियम्सले पुरै खेलमा पाँच पटक सर्भिस ब्रेक गरेकी थिइन् । उनले वाङलाई ६–१ र ६–० ले पछि पारिन् । अब विलियम्सले पाँचौ बरियताकी इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्ने्छिन् ।

उनले बेलायती खेलाडी जाहाना कोन्टालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन् ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया