ढकाल समाजको राष्ट्रिय एकीकरण भेला काठमाडौंमा सम्पन्न

ढकाल समाजका व्यक्ति राष्ट्रका जुनसुकै क्षेत्रमा कार्य गरे पनि ईमानदारीता पूर्वक गर्नुपर्छ ः कानुनमन्त्री


काठमाडौं, भदौ १ ।
कानुनमन्त्री भानुभक्त ढकालले ढकाल समाजका व्यक्तिहरूले राष्ट्रका जुनसुकै क्षेत्रमा कार्य गरे पनि ईमानदारीता पूर्वक अशल कार्य गर्नेु पर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा भएको ढकाल समाज राष्ट्रिय एकीकरण भेलालाई संबोधन गर्दै कानुनमन्त्री ढकालले यस्तो बताउनु भएको हो । उहाँले ढकाल समाज एकीकरण गरि आफ्नो कुल, सामाजिक र शिक्षा क्षेत्रमा ठुलो भुमिका खेल्न सक्ने समेत बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै पुर्वमन्त्री टंक ढकालले ढकाल समाजले पृथ्वीनारायण शाहका सल्लाहकार कुलानन्द ढकालबाट प्रेरणा लिनु पर्ने बताउनु भयो । यस्तै संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष वेणीमाधव ढकालले भन्नुभयो – ‘ढकालहरू चरित्रवान र ईमानदार र राष्ट्र प्रेमी वन्नुपर्दछ, वेदको पद्दतिमा ढकाल समाज चल्नुपर्दछ ।’
राष्ट्रिय भेलामा कानुनमन्त्री ढकाल, पुर्वमन्त्री टंक ढकाल, पुर्वमन्त्री डा मायाशर्मा ढकाल, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नेपाल निजामति कर्मचारी संघको राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद ढकाल, संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष श्री वेणीमाधव ढकाल, उद्योग वाणिज्य संघका राष्ट्रिय उपाध्यक्ष चन्द्र ढकाल, घोष्ट राईटिङ नेपालका प्रमुख कमल ढकाल, राष्ट्रिय गायक रामकृष्ण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

साथै समाज र राष्ट्रिय जिवनका (शिक्षा, सुरक्षा, प्रशासन, न्यायलय, साहित्य) धेरैक्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने २०० जनाको उपस्थिति रहेको भेलाले नेपाल भर रहेका ५ वटा ढकाल समाज एकीकरण गरि एउटै वनाउने उद्देश्य राखेको छ । राष्ट्रिय भेलाले एउटा सशक्त केन्द्रीय समिति निर्माण गरि महत्वपूर्ण कार्य योजनाका साथ अगाडि वढ्ने निर्णय गरेको छ ।

सोम, भदौ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया