सुराकी र दमन –धरकपड गर्न उक्साउने कार्य नगर्न युवा सङ्गठनको आग्रह


काठमाडौं, ३१ साउन ।
नेपाल कम्युनिस्ट पार्टीको निकट युवा सङ्गठन नेपालले नेकपाको कार्यकर्ता र समर्थक विरुद्द सुराकी गर्ने र दमन –धरकपड गर्न प्रहरीलाई उक्साउने कार्य नगर्न आग्रह गरेको छ ।
युवा सङ्गठन नेपाल भेरी–कर्णाली व्यूरोका संयोजक दिपले शुक्रवार विज्ञप्ति जारी गरी नेकपाको समर्थक जनता माथी सुराकी गर्ने, प्रहरी लगाएर दमन तथा धरकपड गर्ने र मुडभेटको नाममा हत्या गर्ने गरेको भन्दै त्यस्तो कार्यमा संलग्न नहुन र सुराकी नगर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो लाखौं उत्पिडित तथा श्रमजीवीहरुको प्रिय सङ्गठन, युवा सङ्गठन नेपाल नेकपाको कार्यकर्ता र समर्थक विरुद्द सुराकी गर्ने र दमन(धरकपड गर्न प्रहरीलाई उक्साउने जस्तो जनघाती कदम बन्द गर्न अनुरोध गर्दछ । अन्यथा उक्त जनघाती कदम चाल्ने जोकोही विरुद्द निर्मम रुपमा प्रस्तुत हुनेछ, जो अकल्पनीय हुनेछ ।”
देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी, मानव तस्करी, विभिन्न माफियागिरि, कमिसनखोरी, दलालीकण मौलाउदै गइरहेको परिस्थितिमा त्यस्ता गलत प्रवृत्ति र सुराकी विरुद्द युवासंघर्ष र युवाकार्वाही घनिभुत बनाउदै लग्ने कुरा यसै विज्ञप्ति मार्फत सम्पुर्णमा जानकारी गराउदछौँ । विज्ञप्तिमा अगाडि भनिएको छ।
यस्तो छ विज्ञप्ति

शुक्र, भदौ १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार