बीमाको आवश्यकता किन ?


नेपालमा बीमा व्यवसायको औपचारिक सुरुवात वि.स.२००४ सालमा नेपाल वैक लिमिटेडको भगिनी संस्था नेपाल मालचलानी तथा बीमा कम्पनी लि. बाट सुरु भएको हो ।
सुरुमा नेपाल बैंकले कर्जा प्रदान गरेको ऋणीको धितोको बीमा गर्ने उद्देश्यले स्थापना भएको हो । तत्पश्चात बीमा बजारको बढ्दो चापलाई कम्पनीले पर्याप्त सेवा प्रदान गर्न नसकेको महसुश गरी नेपाल सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यक कानूनी व्यवस्था गर्न र त्यसको उपयुक्त संस्था खडा गरी प्रभावकारी वनाउन वि.स. २०२५ सालमा बीमा ऐन जारी
गरियो ।

वि.स. २०२५ देखि वि.स. २०४६ सालसम्म बीमा क्षेत्रमा भए गरेका परिवर्तन एंव उपलब्धीहरुलाई थप व्यवस्थित र विस्तार गर्ने उदेश्य स्वरुप वि.स.२०४६ सालपछि राज्यले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीति अनुरुप बीमा बजारमा निजी क्षेत्रको प्रवेश शुरु भयो । बीमा व्यवसायलाई थप व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्ने उद्देश्यले नयाँ बीमा ऐनको आवश्यकता महसुश गरी वि.स. २०४९ सालमा बीमा ऐन, २०४९ जारी गरियो ।

सो ऐनमा बीमा समितिलाई स्वायत्त नियमनकारी निकायको रुपमा स्थापना गरी बीमामा संलग्न सर्वसाधारण जनताको जोखिम न्यूनीकरण गर्ने, देशको आर्थिक विकासमा योगदान पु¥याउने, बीमितहरुको हक हित संरक्षण गर्ने, उद्योग धन्दा, ब्यापार व्यवसायमा भएको जोखिम कम गर्नुका साथै बीमामा जनसहभागिता बढाउने बृहत उद्देश्य राखियो । यसको परिणाम स्वरुप प्रशस्त मात्रामा बीमा कम्पनीहरु संचालनमा आए भने बीमाको दायरामा रहेको जनसख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भईरहेको छ ।

बीमा के हो ?

बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनिले नोक्सानीको क्षतिपूर्ति दिन्छ । तपाई हामी सबै मानिस भोली अर्थात भविष्यका बारेमा अनविज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्र्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा संचालन हुने तथा विदेशी ठुला कम्पनिसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनिहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।

बीमाका प्रकार 
१. जीवन बीमा
बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।

क) आजीवन जीवन बीमा ः बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धा्रित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

ख) सावधिक जीवन बीमा : निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

ग) म्यादी जीवन बीमा : सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।

२. निर्जीवन बीमा
निर्जीवन बीमा मानीसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिबीमा पनि ल्याएको छ । यस अन्तरगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आबश्यक मानिन्छ ।

नियामक निकाय अर्थता बीमा समिति
बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् । जसले गर्दा उनीहरुप्रतिको विश्वास कायम गरहन्छ ।

वि.स. २०२५ सालमा बीमा ब्यवसायको वृद्धि, विकास, नियन्त्रित तथा नियमन गर्नको लागि नेपाल सरकारबाट नियमनकारी निकायको आवश्यकता महशुस गरी बीमा समितिको स्थापना भएको हो । समितिले मिति २०२६ साल जेष्ठ १ गतेबाट आफ्नो कार्य आरम्भ गरेको पाइन्छ । तत्पश्चात बीमा ऐन, २०४९ जारी भएपछि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने जिम्मेवारी सहित समितिले एक अविछिन्न उत्तराधिकारवाला स्वायत्त बमिा नियमनकारी निकायको रुपमा कार्य गर्दे आईरहेको छ ।

बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित र नियन्त्रित गर्नका लागि बीमा ऐन,२०४९ बमोजिम बीमा समितिको गठन भएको हो । बीमा समितिमा सरकारी, बीमित र बीमा विशेषज्ञहरु सहितको ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।

नेपालको बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने उद्देश्य बीमा समिति गठन भएकाे हाे । बीमा समितिलाई नेपालको उच्च प्रतिष्ठित र नेतृत्वदायी संस्थाको रुपमा रुपान्तरण गर्ने याेयना रहेकेा समित बताउछ । निरन्तर अध्ययन, दक्षता र इमान्दारिताको माध्यमबाट पेशागत र सशक्त बीमा नियमनकारी निकायको रुपमा पहिचान गराउने लक्ष राखेकेा छ ।

बीमा समितिले के काम गर्छ ?

समितिको काम, कत्र्तव्य र अधिकारः–
(१) बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(२) बीमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने,
(३) बीमक, बीमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र नविकरण गर्ने तथा दर्ता खारेज गर्ने, गराउने,
(४) बीमक तथा बीमित बीचको वाद विवादमा मध्यस्थता गर्ने,
(५) बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको उजूरी उपर निर्णय गर्ने,
(६) बीमा व्यवसायका सम्बन्धमा बीमकलाई समय–समयमा
आवश्यक निर्देशन दिने,
(७) बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने
(८) बीमा व्यवसायसंग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने,
गराउने,

बीमाको आवश्यकता किन ?
जोखिमबाट हाम्रो जस्तो अविकसित मुलुकमात्र होइन विकसित देशहरु पनि सुरक्षित छैनन् । मानव जीवन र धन सम्पत्तिमा विविध प्रकारका जोखिम रहेका हुन्छन । बर्तमान समय प्रविधि र आधुनिकताको विकासले जति सहज र सरल हुदै गइरहेको छ त्यतिकै जोखिम पनि बढिरहेको छ। विभिन्न प्रकारका भवितव्य, दुर्घटनाबाट सिर्जित क्षतिको न्यूनीकरण गर्न एंव मानिसको जीवनमा आवश्यक पर्ने बचतको ब्यबस्था गर्न बीमा एक उपयुक्त माध्यम हो । बीमाले संभावित जोखिमबाट पर्न जाने आर्थिक भारलाई कम गर्नुका साथै आश्रित व्यक्तिहरुको भलाई, व्यवसायको निरन्तरताको लागि पूँजीको व्यवस्था, वुढेसकालमा जोखिमको सुरक्षा साहराको साथै अन्य आर्थिक सुरक्षाहरु प्रदान गर्दछ । जोखिम विरुद्ध अपनाइने समाजिक एंव आर्थिक सुरक्षा रणनीतिको प्रभावकारी औजारको रुपमा रहेको बीमा मानव जीवन र भौतिक सम्पत्तिमा आइपर्ने जोखिम व्यवस्थापनको सवैभन्दा उत्तम र सही उपाय हो । बीमाको मुख्य काम भनेको प्रतिकूल घटनाहरुको अनिश्चिततालाई कम गरी निश्चतता र सुरक्षा प्रदान गर्नु हो । यसर्थ बीमा व्यक्ति, समाज, सम्पत्ति र व्यवसायका लागि अपरिहार्य साधन एंव यथार्थमा संकट समाधानको सहयोगी औजार भएका कारण बीमाको आवश्यकता झन बढदै गईरहेको छ ।

जीवन बीमाको दावी भुक्तानी कसरी हुन्छ ?
(१)अन्तिम किस्ता भुक्तान गरि सकेका बीमितको नाममा किस्ता भुक्तान गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दावी भुक्तानी गर्नको लागि चाहिने बीमालेख लगायत आवश्यक कागजातहरु समेत संलग्न राखी दावी भुक्तानी लिन आउनको निमित्त वीमकले भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्छ ।

बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरुः

(१)प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग
खुलाई भर्ने
(२)बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाबारे जानकारी
लिएर मात्र बीमा गर्ने
(३)बीमितले आफ्नो पेशा, व्यवसाय एवं आर्थिक स्तर समेतलाई
मध्यनजर गरी बीमालेख खरिद गर्ने
(४)बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय,
इच्छाएका व्यक्तिको नाम,बीमालेख वापत रकम पाउने÷ नपाउने
जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नुपर्दछ ।
(५)बीमितले बीमा शूल्क बुझाएपछि यसको आधिकारिक भर्पाइ वा
रसिद लिनुपर्दछ ।
(६)बीमा सम्बन्धी प्रस्ताव फाराम बीमित स्वंमले भर्नुपर्नेछ बीमित
निरक्षर वा प्रस्ताव फारा मभर्न नसक्ने भएमा निजले तोकेको
व्यक्तिले प्रस्ताव फाराम भर्नुपर्नेछ ।
(७)बीमितले आपूmले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा
राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।

बीमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले त्यसको कारण समेत खोली बीमा समितिमा उजुरी गर्न सक्छ ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया