माछा मार्ने क्रममा दुइ जनाकाे जालमा बेरिएर मृत्यु


स्याङ्जा, २९ साउन । स्याङ्जाको चापाकोट ५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुइ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गिलाङ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आले रहेका छन्।

साँझको समयमा माछा मार्न गएका आले र थापाको माछा मार्न प्रयोग गरिने जालमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। विद्यालयमा पढाएर फर्केका आलेको बाटोमा वीरबहादुर र बमबहादुर थापासँग भेट भएपछि सँगै माछा मार्न जाने योजना बनाए।आले राममन्दिर माविका शिक्षक हुन् भने थापाद्वय किसान हुन्।

चापाकोट ५ का वडाध्यक्ष इन्द्र शाहीका अनुसार सोमबार साँझ उनीहरु ३ जना मिलेर ज्याग्दी खोलामा माछा मार्न गएका उनीहरू जाल फ्याक्ने क्रममा भेलले वीरबहादुर थापालाई पल्टाएकाे र जालभित्र फसेपछि थापालाई उद्धार गर्न गएका आले पनि सोही जालमा फसेका हुन् ।

बुध, साउन २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया