सुनसरीको बर्जुमा श्रीमतीको हत्या गरी श्रीमान् फरार


इनरुवा, साउन २९ ।

सुनसरीको बर्जु गाउँपालिका–५ मा एक युवाले श्रीमतीको हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपकुमार यादवले मङ्गलबार श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी यादवले बताए । घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बुध, साउन २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया