भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुरलाई पक्राउ गर्न अदालतकाे आदेश


काठमाडौं, २८ साउन । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ ।

सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो ।

उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको  उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको ठहर गर्दै अदालतले पक्राउ आदेश दिएकाे हाे ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया