न्याय सम्पादन कार्यमा अदालतको मात्र एक्लो प्रयास पर्याप्त हुँदैन : प्रधानन्यायाधीश


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउनन्याय सम्पादन कार्यमा अदालतको मात्र एक्लो प्रयास पर्याप्त नहुने बताएका छन् ।

वार एशोसिएसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाघीश राणाले त्यसका लागि सवैको सकृयता जरुरी भएको बताए ।

उनले लोकतान्त्रिक राज्य व्यवस्थाको आधारस्तम्भलाई बलियो वनाउन र नागरिकको मौलिक हक स्थापित गर्नु राज्यको दायित्व हो भने ।

प्रधानन्यायाधीश राणाले लामो प्रयासपछि गत भदौ १ गते देखि नेपालमा संहिता कानुनहरु लागु भएको बताउदै नविन अवधारणासहित जारी भएका संहिता कानुनहरु कार्यान्वयनमा आइसकेकोले यसले नागरिकको अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

आइत, साउन २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया