माइला लामाको नयाँ रचना- ‘जेल’


जेलका काला पर्खालसँग हार्नु हुँदैन
संसार मुक्त गर्ने अठोट मार्नु हुँदैन

जेलकै छाना मुनि कैयौं योद्धा हुर्किन्छन्
जेल भित्रै कैयौं महानायक जन्मिन्छन
जेल भित्रै जेललाई जित्न सक्नुपर्छ
अध्यारोमा उज्यालो देख्न सक्नुपर्छ
जेलका…….

कहिले छाउँछन निराशाका काला वादलहरु
कहिले आँउछन वेइमानीका गन्धे लालचहरु
विचलनका आँधि तुफान छेक्न सक्नु पर्छ
संघर्षमै शुन्दर जीवन देख्न सक्नु पर्छ
जेलमा …….

समानताको हाम्रो विहान पक्कै उदाउने छ
धर्तिृभरी न्यानो न्यानो खुसी सजाउने छ
एक दिन जेलका काला पर्खाल सबै ढालिने छन्
अत्याचारका खुनी जन्जीर सबै फालिने छन्
जेलका काला….
संसार……..

रचना/संगित -माइला लामा

साउन ४ गते गिरफ्तार लामा हाल नख्खु कारागारमा रहेका छन् ।

बुध, साउन १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया