ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद


गोरखा, साउन ९ ।
गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन आज बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिनुभयो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले परिवारमा निवेदन दिएका थिए । प्रहरीले हिजो उनलाई पक्राउ गरेको थियो ।

बिहि, साउन ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया