विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाहीसहित दुई जना गिरफ्तार


जुम्ला, ६ साउन ।
विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

हिमा गाँउपालिका–६, निवासी सेक्रेटरी शाहीसहित कालिकोटको नरहरि गाउँपालिका–२, निवासी युवा संगठनका कर्णाली ब्यूरो इञ्चार्ज बखतबहादुर बिष्टलाई सोमवार बिहान गिरफ्तार गरेको हो ।

हिमा गाउँपालिकाको धाँचुगाउँबाट बिहान ४ बजे सुतिरहेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए।

दुवै जनालाई सेक्रेटरी शाहीकै घरबाट गिरफतार गरीएको प्रहरी निरीक्षक ओलीले बताए ।

उता, सेक्रेटरी शाहीको परिवारको भने राति घरको ढोका फुटाएर उहाँलाई प्रहरीले अपहरण शैलिमा जवरजस्ती गिरफतार गरेको बताएको छ । फोक्सोको बिरामी शाहीलाई घरबाटै अपराधि शैलीमा जबरजस्ती धरपकड गरेको भन्दै परिवारले दुख व्यक्त गरेको छ ।

प्रहरीले भने बाहिर ताल्चा लगाएको र खोल्न नमानेपछि फुटालिएको बताएको छ । यसअघि जुम्लाका इञ्चार्ज चन्द्रवीर तिरूवा (रविकिरण)लाई सिँजा गाउँपालिकाको घोडेङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया