अदालतको आदेशमा अखिल(क्रान्तिकारी) कैलालीका अध्यक्ष बबरजंग रिहा


काठमाडौं, ६ साउन ।

सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंग बहादुर सिंहलाई रिहा गर्न आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज भएको बहसपछि अदालतले अध्यक्ष सिंहलाई रिहा गर्न आदेश दिएको हो ।

सिंहलाई बिना कारण गिरफ्तार गरी गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको माग गर्दै अधिवक्ता जगत जंग बमले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्चको इजलास नं ५ मा बहस भएको थियो ।

बहसपछि न्यायधिसद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलाले अध्यक्ष सिंहलाई रिहा गर्न आदेश दिएको हो । यसअघि पनि अदालतको आदेशमा रिहा भएका उनलाई पुनः कैलाली जिल्ला अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।
आज रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्त एकराज भण्डारी, अधिवक्त कपिलचन्द्र पोख्रेल लगायतले बहस गर्नुभएको थियो ।

अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष सिंहलाई सशस्त्र प्रहरी बलको एक टोलीले धनगढी उपमहानगरपालिका –१६ बाट गत वैशाख २७ गते गिरफ्तार उनलाई यसअघि पनि अदालतको आदेश रिहा भएलगत्तै पुन गिरफ्तारमा परेका थिए ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया