पाकिस्तानमा आत्मघाती आक्रमण: ८ को मृत्यु, ३० घाइते


इस्लामाबाद ५ साउन ।
पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आज भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आज बिहान भएको उक्त आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो ।

घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरीका प्रमुख सलिम राइजका अनुसारप्रहरीको शव अस्पताल पुर्याए लगत्तै आत्मघातीबम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतलामा भएको आत्मघाती आक्रमणमा करिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा तहरेक (ई( तालिबानले लिएको छ । उसले आफ्नो एक कमान्डरलाई प्रहरीले देरा इस्माइल खानमा मारेको ’बद्ला’ मा उक्त आक्रमण गरिएको जनाएको छ ।

आइत, साउन ५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार