पीडितका आफन्तलाई भेट्दा सरकारले जेल हाल्छ भने म जान तयार छुः प्रियंका गान्धी


मिर्जापुर, ४ साउन ।

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले पीडितका आफन्तलाई भेट्दा सरकारले जेल हाले आफू जेल जान तयार रहेको बताएकी छन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले ट्वीट गर्दै जेल जान तयार रहेको बताएकी हुन् ।

उनले ट्विटरमा लेखेकी छिन्, ’पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,।’ उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् ।

आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियंकाको भनाई छ ।

शनि, साउन ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया