हाफिज सइद पाकिस्तानमा पक्राउ


काठमाडौं १ साउन ।
सन २००८ मा मुम्बईमा भएको आक्रमणको नाइके मानिएको हाफिज सइदलाई आज पाकिस्तानमा पक्राउ गरिएको छ । सइदलाई पाकिस्तानको गुजरनवाला क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । उनी विरुद्ध गैर कानूनी ढंगले रमक उठाएको आरोप लगाइएको छ ।

१६० जना भन्दा बढीको मृत्यु हुने गरि भएको मुम्बई आक्रमणका आरोपी सइदलाई भारतले पक्राउ गर्न पाकिस्तानलाई बारम्बार आग्रह गर्दै आएको थियो । तर, पाकिस्तानले भने प्रमाणको अभाव भन्दै सइदलाई समयसमयमा नजरबन्दमा राख्दै मात्र आएको थियो ।

तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणका लागि उड्न केही दिन बांकी रहँदा सइद लाई एक्कासी पक्राउ गरिएको रोउटर्सले जनाएको छ ।

पाकिस्तानमा बसेर आतंकवादी गतिविधि गरिरहेको आरोप लागेका सइदलाई अमेरिकाले अन्तर्रा्ष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ । सइदका बारेमा सूचना दिनेलाई अमेरिकाले १० मिलियन अमेरिकी डलर पुरस्कार समेत घोषणा गरेको छ ।

बुध, साउन १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया