नेकपाद्धारा प्रशान्तको सम्झनामा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न


झापा, २९ असार ।
नेपाल कम्युनिस्ट पार्टीले सहिद निरकुमार राई ‘प्रशान्त’को सम्झनामा आइतवार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरेको छ । नेकपाका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी प्रशान्तको यहि असार २५ गते भोजपुरमा प्रहरीले हत्या गरेपछि सो पार्टीले उनलाई सहिद घोषणा गर्दै वलिदान खेर जान नदिने बताएको थियो ।
राईको सम्झनामा आज देशैभर सो पार्टीले श्रद्धान्जलीसभाको आयोजना गरेको हो । यसैक्रममा नेकपा झापाले झापाका विभिन्न स्थानमा आयोजना गरेको निरकुमार राईको श्रद्धाञ्जलीसभामा जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्जहरुले सम्बोधन गरेका छन् ।

युुवा संगठन झापाका सचिव अनिलले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला जनसरकार प्रमुख टीका,जिल्ला सचिव मनिष लगायतले सम्वोधन गरेका थिए।

कार्यत्रमलाई सम्बोधन गर्दै सचिव मनिषले ‘फासिवादी सरकारले जनतामाथि दिनप्रतिदिन हत्या–हिंसा थोपरिँदै जाने भएकाले क्रान्तिकारीहरू सजक भई सशस्त्र प्रतिकार गर्ने समय आइसकेकोे बताए ।’

हतियार संगै खेलेर राजनिति सिकेको स्मरण गराउदै नियन्त्रणमा लिएर इन्काउन्टरको नाममा कायरतापुर्ण हत्यामा नउत्रन चेतावनि दिदै यस्तै हर्कत जारिराखे चुपलागेर नबस्ने समेत बताएका छन्।

त्यस्तै दमकको सभामा प्रमुख अतिथि दमक नगर सेक्रेटरी समीरले शोक सभा लाई सम्बोधन गरेका थिए ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया