काबेली करिडोर प्रसारण लाइन निर्माणमा अवरोध जारी


२६ असार, काठमाडौं । 
काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा अवरोध उत्पन्न भएको छ । यसलाई प्राधिकरणले नियोजित भनेको छ ।

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् ।

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।

प्रसारण लाइनको फिदिम थापाटार–अमरपुर–पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया