कृषिमन्त्री भन्छन्– भारतीय दूतावाले पठाएको पत्र लुकाईएकोबारे परराष्ट्रले जवाफ दिनुपर्छ


काठमाडौं असार २६ ।
कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताउनु भएको छ ।

भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न थालिएपछि भारतको दवादमा सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । भारतीय दूतावासले नै पत्र पठाएर दवाव दिएको सन्दर्भमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु विभिन्न अभिव्यक्ति दिदै पंन्छिरहेका थिए ।

सोही सन्दर्भमा आज रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताउनु भएको हो ।

विषादी परीक्षणको निर्णय फिर्ता भएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले अन्तरकालीन आदेश दिइसकेको छ ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter