प्रशासनिक क्षेत्रको सुधार गर्न आवश्यक: मन्त्री पण्डित


काठमाडौं, असार २६ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले संविधानको भावना अनुसार प्रशासनिक क्षेत्रलाई सुधार गर्दै लैजाने बताउनु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधान भित्र रहेर प्रशासनिक क्षेत्रको सुधारका लागि सुझाव दिन आग्रह गर्नूभयो ।

मन्त्री पण्डितले राज्यको तलव र सेवा सुविधा लिने मात्रै तर काममा लापरवाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले प्रशासनिक क्षेत्रका बेथिति अन्त्य गरेर सेवा प्रवाहलाई जनमुखी बनाउने र लगानीको प्रतिफल लिने तर्फ सरकार गम्भिर रहेको बताउनुभयो ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter