वडाध्यक्षद्वारा शव परीक्षण गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार


डडेल्धुरा, २६ असार । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडलेशव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ ।

यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल आसपासका अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो ।

हिजो दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आक्रमणपछि चिकित्सकले सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जानकारी  जिल्ला प्रशासन कार्यालयलाई गराएर हिजैबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।

प्रहरीले हिजो बिहान साँढे ११ बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याएको थियो । चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् । साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter