विषादी परीक्षणको माग राख्दै सर्वाेच्चमा रिट दर्ता


काठमाडौं, असार २४ ।
भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट निवेदनकहरुको जिकिर छ ।

विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् ।रिटमा स्वदेशी सरकारी र फलफूलको समेत अनिवार्य परीक्षण हुनुपर्ने आदेशको माग गरिएको रिट निवेदन स्वागत नेपालले बताउनुभयो । रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter