स्पेनको साँढे जुधाइ, हेर्नुहोस् विरोधको नयाँ स्वरुप (तस्बिरसहित)


एजेन्सी, २३ असार ।

स्पेनमा साँढे जुधाइको क्रममा तीन जना गम्भीर घाइते भएका छन् । पामप्लोना शहरमा वार्षिक रुपमा हुने ’सान फर्मिन’ अर्थात् साँढे जुधाइको क्रममा २३ वर्षीय र ४६ वर्षीय दुई अमेरिकी नागरिक र एक जना स्पेनकै नागरिक घाईते भएका हुन्

अन्य दुई जनालाई अस्पताल र केही मानिसहरुको टाउकोमा चोट लागेकाले अस्पताल पठाइएको छ । त्यस्तै ४८ जनालाई रेडक्रसले उपचार गरिरहेको छ ।

गएको जुलाई ६ देखि सुरु भएको ’सान फर्मिन’ आउँदो आइतबारसम्म स्पेनको साँघुरो सडकमा आयोजना हुनेछ ।

यो पर्वमा घाइते हुनु सामान्य नै मानिन्छ । सन् १९१० देखि सुरु भएको यो पर्वमा अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००९ मा ड्यानियल जिमेनो रोमियोपछि अन्यको मृत्यु भएको छैन ।

तर आइतबार ४६ वर्षीय अमेरिकी नागरिकको भने घाँटीको सर्जरी गर्नुपर्ने भएको छ । यो साँढे जुधाइ पर्वमा विश्वभरिबाट हजारौँका संख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् ।

’सान फर्मिन’ सँग पर्व र संस्कृति जोडिएको हुनाले पनि पटक पटक पशु अधिकारकर्मीहरुको व्यापक विरोध भए पनि यो रोकिन गाह्रो छ ।
गएको शुक्रबार मात्रै पशु अधिकारकर्मीहरुले पामप्लोना सडकमा जनावरको आकृतिमा सुतेर विरोध जनाएका थिए ।

Revellers run next to fighting bulls from Cebada Gago ranch, during the running of the bulls at the San Fermin Festival, in Pamplona, northern Spain, Monday, July 8, 2019. Revellers from around the world flock to Pamplona every year to take part in the eight days of the running of the bulls. (AP Photo/Alvaro Barrientos)

Revellers dressed in white and red clothes dance ”El Baile de la Alpargata”, at the end of the 2nd running of the bulls, at the San Fermin Festival, in Pamplona, northern Spain, Monday, July 8, 2019. (AP Photo/Alvaro Barrientos)

TOPSHOT – A heifer bull jumps over participants in the bullring after the second bullrun the San Fermin festival in Pamplona, northern Spain on July 8, 2019. – On each day of the festival six bulls are released at 8:00 a.m. (0600 GMT) to run from their corral through the narrow, cobbled streets of the old town over an 850-meter (yard) course. Ahead of them are the runners, who try to stay close to the bulls without falling over or being gored. (Photo by ANDER GILLENEA / AFP)

Revellers run next to fighting bulls during the running of the bulls at the San Fermin Festival, in Pamplona, northern Spain, Monday, July 8, 2019. Revellers from around the world flock to Pamplona every year to take part in the eight days of the running of the bulls. (AP Photo/Alvaro Barrientos)

Revellers run next to fighting bulls from Cebada Gago ranch during the running of the bulls at the San Fermin Festival, in Pamplona, northern Spain, Monday, July 8, 2019. Revellers from around the world flock to Pamplona every year to take part in the eight days of the running of the bulls. (AP Photo/Alvaro Barrientos)

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया