हङकङमा प्रदर्शन अझै रोकिएन, लाखौं मानिस सडकमै


काठमाडौं, असार २३ ।
हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन ।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका छन् ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया