काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव, स्थानीयद्धारा प्रहरी चौकी घेराउ


काभ्रे असार २३ ।
काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् । आज विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए ।

लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटो स्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गर्नु भएको छ ।

प्रहरी उपरीक्षक (एसपी) सापकोटाका अनुसार उनलाई आशंकामा पक्राउ गरिएको हो । अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो ।

त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ । पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल र्पुयाइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया