एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेट: मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश


काठमाडौं, असार २३ । नेपाल एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको फाइनलमा पुगेकेा   छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार मण्डलले अविजित ३१ रन बनाए ।

यसअघि नेपालका सागर ढकालले तीन र कुशल मल्लले दुई विकेट लिएको खेलमा मसेसियाले ४० दशमलव ५ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ भिडिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter