गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले उपाधि जिते


काठमाडौं असार २२ ।
गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए ।

बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा आज भएको ब्वाइज फाइनलमा गोल्डेनगेटले सीसीआरसीलाई ५९–४० ले पराजित गर्यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले १७ अंक जोडे ।

गल्र्सको उपाधि भिडन्तमा साइपालले काठमाडौं नर्थ पोल बास्केटबल क्लब (केएनपीबीसी) लाई ४६–२० ले हरायो । साइपालकी रोशनी श्रेष्ठले १३ अंक जोडिन् । ब्वाइजमा गोल्डेनगेटका आकृष्ट शाही ठकुरी तथा गल्र्समा साइपालकी प्रतीक्षा मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार १३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

आइत, असार २२, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया