परमाणु सम्झौता तोड्दै इरानद्वारा युरेनियम उत्पादन बढाउने घोषणा


काठमाडौं, असार २२ ।
इरानले परमाणु सम्झौता तोड्दै युरेनियम उत्पादन बढाउने नयाँ घोषणा गरेको छ। कार्यकारी विदेशमन्त्री अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौता आफू मान्न तयार भए पनि युरोपेली देश आफैं उक्त सम्झौताबाट पर भागेको आरोप लगाउनुभयो ।

अब्बासले आज इरानले युरेनियम उत्पादन बढाउने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। गत मे महिनामा मात्र इरानले सम्झौता भंग गर्दै युरेनियमको उत्पादन बढाउने बताएको थियो। युरेनियम परमाणु हतियार तथा इन्धन बनाउनको लागि प्रयोग हुने गर्दछ।

इरानले आफूले इन्धन बनाउनको लागि युरेनियम उत्पादन गर्ने बताएको छ । आफ्नो चाहना परमाणु हतियार बनाउने नभएको इरानको भनाइ छ। परमाणु सम्झौताबाट अमेरिका अलग्गिएको एक वर्ष पुगेको अवसरमा इरानले आज परमाणु सम्झौतामा समावेश चीन, फ्रान्स, जर्मनी, रुस तथा वेलायतलाई आफूलाई अमेरिकी प्रतिबन्धबाट बचाउन भन्दै ६० दिनको समय सीमा पनि तोकिदिएको छ।

यदी अमेरिकी प्रतिबन्ध थप भए इरालने युरिनियम उत्पादन बढाउँदै लाने इरानको भनाइ रहेको छ। विदेशमन्त्री अब्बासले इरानले आजै देखि ३.६७ प्रतिशतले युरिनियमको उत्पादन बढाउने बताउनु भएको छ । इरानी अधिकारीहरुले यसअघि ५ प्रतिशतले उत्पादन बढाउने बताएका थिए।

युरिनियम उत्पादन ९० प्रतिशतले बढेको खण्डमा उक्त उत्पादन परमाणु हतियारको लागि प्रयोग हुने मान्यता छ । अब्बासले अमेरिकी प्रतिबन्ध हटे कुटनीति मार्फत् समस्या सुल्झाउन सकिने विकल्प दिएका छन् । यस घोषणा सँगै इजरायलले इरानको आलोचना गरेको छ।

आइत, असार २२, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया