काठमाडौं भारोत्तोलनको अध्यक्षमा पुनः बिजेन्द्र निर्वाचित, नेपाल स्टड गेष्ट २०१९ साउनमा हुने


काठमाडौं, २१ असार ।
काठमाडौं जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बिजेन्द्र बिक्रम शाह निर्वाचित भएका छन् ।

आज सम्पन्न संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ ।

संघको उपाध्यक्षमा रुकेश तण्डुकार र विपेन्द्र महर्जन रहेका छन् । यस्तै सचिवमा अशोक शाही तथा कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ रहेका छन् । सदस्यहस्मा अजय शाही, राकेश महर्जन, रुपक तण्डुकार, श्यामकृष्ण शाही रहेका छन् । नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त र सचिव तीलक राउतको उपस्थितीमा संघको साधारणसभा सम्पन्न भएको हो ।

यस्तै संघको पहिलो बैठकले देवकुमार महर्जन, भोगेन्द्र मानन्धर, परमेश्वर जोशी र अनिता श्रेठलाई संघको सदस्यमा मनोनित गरेको छ ।

त्यस्तै संघको नयाँ कार्यसमितिले तेश्रो नेपाल स्टड गेष्ट २०१९, सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता साउनमा आयोजना गर्ने निर्णय गरेको छ ।

भारोत्तोलन खेल मार्फत राष्टको लागि सर्वाधिक पदक दिलाउन सफल ओलम्पियन तथा प्रशिक्षक सुनिललाल जोशीको स्मृतीमा संघले दुई संस्करण भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

शनि, असार २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया